टिकटकले जन्माएको कलाकार को कत्तिको सफल ?

सामान्यतया भाषामा बुझने हो भने टिकटक जहाँ मानिसहरू भिडियो बनाएर अपलोड गर्ने गर्छन् । १५ देखि ६० सेकेन्ड सम्मको भिडियो बनाएर अपलोड गर्न मिल्ने यसमा आफ्नो कला प्रष्पोटन गर्ने माध्यम मात्रै होइन, सेलिब्रेटी बन्ने थलो बनेको छ धेरैको लागि । हुन त टिकटक मा अपलोड भएका सबै भिडियोहरू हेर्न मिल्ने हुन्छन् भन्ने नि हुन्न । तर कतिको जीवन बदला दिने पाटो बनेको छ। यही बाट अपलोड गरिएको भिडियो बाट रातारात सेलिब्रेटी बनेका छन् । ती मध्य पनि कति त सफल छन् तर प्राय त खहरे खोला जस्तै पछिल्लो समय टिकटकले थुप्रै कलाकार जन्माएको छ यती सानो फिल्म मार्केटमा ती कलाकारहरूको भविष्य उज्ज्वल छ भनेर ठोक्का गर्नु सोह्रै आना गलत साबित हुन्छ किनकि हरेक दिन टिकटक बाट जन्मेका कलाकारले रँगिन पर्दामा पाइला टेकी रहेका छन् पुरानो टिकटकलाई वास्ता गर्न छाड् दै छन् भने नयाँ टिकटकरलाई ल्याउने क्रम जारी छ टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टराई, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा , उषा उप्रेती, गरिमा शर्मा आदि त उदाहरणको लागि केही नामहरू मात्र हुन् । तर पनि यिनको वाही वाही कतीजेन्ल सम्म हो ? कि त भगवानलाई थाहा छ ! कि त यिनलाई नै ! 

१: प्रिन्सी र प्रिज्मा खतिवडा ( जुम्ल्या ):

टिकटक बाटै एका एक सेलिब्रेटी बनेका अर्का नाम हुन जुम्ल्या दिदी बहिनी प्रिन्सी र प्रिज्मा खतिवडा । उनीहरूको पनि टिकटकले नै भाग्य चम्काइदिएको थियो । ‘ हाम्रो माया जिन्दाबाद ‘ शिशिर भण्डारी र बिन्दु परियारको आवाजमा रहेको गीतबाट म्युजिक भिडियोमा प्रवेश गरेका ‘ थिए प्रिन्सी -प्रिज्माले हाल सम्म आउँदा यी दुईले दर्जनौँ भिडियोमा काम गरी सकेका छन् पछिल्लो समय यिनको म्युजिक भिडियोमा माग बढ्दो छ त्यसैले पनि प्रिन्सी र प्रिज्मालाई टिकटकले जन्माएको सफल कलाकार भन्दा फरक नपर्ला टिकटकमा प्रिन्सी- प्रिज्माको फलोअर्स ७ मिलिएन छ  

२: डिमोन छेत्री :

टिकटकले जन्माएको अर्का कलाकार हुन डिमोन छेत्री केही म्युजिक भिडियोमा अवसर पाएका यिनी भने अहिले बेपत्ता छन् दुई चार ओटा म्युजिक भिडियो गरेर बसेका डिमोनलाई न त अहिले निर्माताले पत्याउँछन् न त दर्शक उनलाई हेर्न नै मरीहत्य गर्छन् यी पनि त्यही खोक्रो कलाकार हुन् डिमोनले कसरी , माया , म राजकुमार लगायत म्युजिक भिडियोमा काम गरेका छन्    

३: रेश्मा घिमिरे:

रेश्मा घिमिरे आउन त उनी ठुलो पर्दाबाट नै आएकी हुन् , तर चिनायो टिकटकले टिकटक बाटै सेलिब्रेटी बनेकी कलाकार हुन । ‘कान्छी ‘, ‘ झिम झिम गर्ने परेली ‘ म्युजिक भिडियोमा काम गरिसकेकी उनी ‘ इन्स्टाको फोटो ‘ गीत दर्शकले अत्याधिक मन पराए पछि थप चर्चामा रहिन। पछिल्लो समय एउटा सफल मोडेलको रूपमा परिचित भएकी उनले 'नेपाल आइडल सिजन ४' पनि होस्ट गर्दै छिन्  टिकटकमा सबै भन्दा बढी फलोअर्स भएकी कलाकार हुन् उनी उनको १।२ मिलिएन फलोअर्स छन्

४: स्मारिका ढकाल - सामारिका ढकाल :

टिकटकमा पछिल्लो समय धेरै दर्शकले मनपराएका दिदी बहिनीको जोडी अर्थात् स्मारिका र सामारिका । टिकटकबाटै उदाएका यी दिदी बहिनिले धेरै गिति भिडियो खेलिसकेका छन् । दिदी बहिनी मध्य दिदी स्मारिका ढकाल विवेक अधिकारीसँग विवाहित छिन् । तर अहिले उनको वैवाहिक सम्बन्ध टुटी सकेको छ पछिल्लो समय यिनले खेलेका म्युजिक भिडियोहरू सफल नै छन्टिकटकमा स्मारिकाको ६ लाख र सामारिकाको २ लाख माथि फलोअर्स छन्    

५: दीपा र दमंता श्रेष्ठ :

एक समय क्रेज भएतापनी पछिल्लो समय भने यिनको खासै क्रेज छैन टिकटक बाट छाउँदै रियालिटी सो 'डान्स स्टार नेपाल' सम्म पाइला टेकेका दीपा र दमंताले पनि दर्जनौँ म्युजिक भिडियोमा काम गरेका छन् तर कुनै गीतले भने त्यस्तो विधि चर्चा चाहिँ पाएको छैन त्यसैले यी दिदीबहिनीलाई ‘मान्छे हिट, गीत फ्लप’ भन्दा फरक नपर्ला

६: बिना राउत:

पछिल्ला केही समयदेखि मोडल विना राउत नेपाली म्युजिक भिडियो बजारमा सर्वाधिक चर्चामा छिन् । टिकटकबाट नै उदाएकी बिनालाई लिएर म्युजिक भिडियो बनाउनेहरूको संख्या धेरै छ । तीजका गीतदेखि आधुनिक गीतसम्मका म्युजिक भिडियोमा विना सर्वाधिक व्यस्त छिन् । टिकटकमा बिना र सरोजको जोडी हिट भएपछि उनीहरूलाई एकसाथ लिएर भिडियो बनाउने मेकरको संख्या पनि कम छैन । त्यसैले अहिलेको लागि उनी पनि सफल मोडेल/कलाकार नै हुन्

७: गरिमा शर्मा:

चितवनकी गरिमा शर्मा टिकटकबाट चर्चामा आइन् । टिकटक हुँदै म्युजिक भिडियोमा यति बेला रोजाईको मोडल बनेकी गरिमा फिल्ममा डेव्यु गर्ने उत्तम समय कुर्दै छिन् । पल सँगको केमेस्ट्री अत्याधिक रुचाएपछि उनलाई म्युजिक भिडियोमा लिने निर्माताहरूको ताती छ   उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् उनी अहिलेकी हिट मोडेल हुन् टिकटक बाट आएका कलाकारहरू मध्य गरिमा अहिलेकी एकदमै व्यस्त मोडेल हुन्    

८: उषा उप्रेती:

उषा पनि टिकटक बाटै जन्मिएकी कलाकार हुन् म्युजिक भिडियो निर्माता/ निर्देशकको नजरमा परेकी छिन् काम पनि गरी रहेकी छिन् तर उनले गरेका म्युजिक भिडियो भने अहिले कुनै पनि चर्चामा छैनन्  एक समय त उनले अभिनय गरेका म्युजिक भिडियोहरूले राम्रो ठाउँ पाउँथे तर अहिले त 'टाई टाई फिस्' टिकटकमा उनको १।३ मिलिएन फलोअर्स छन्

९: सुधीर श्रेष्ठ:

अर्का टिकटकर हुन् सुधीर श्रेष्ठनेपाली म्युजिक भिडियोमा मोडल सुधीर श्रेष्ठ गज्जबैले जमेका छन् । उनले अभिनय गरेका केही गीतका भिडियो सफल छन् भने केही गीतका भिडियोले औषत दर्शक पाएका छन् । तर, पनि उनको व्यस्तता भने उस्तै छ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको फिल्म 'कोहिनुर'मा समावेश गीत 'म तिम्रो होइन र' मा टिकटक बनाएर हालेका उनी सोही भिडियो बाट चर्चामा आएका थिए   

१० : गीता ढुंगाना:

अर्की मोडेल हुन गीता ढुंगाना   उनको पनि व्यस्तता उत्तिकै छ टिकटक बाट जमेकी गीता चक्र बमको 'ओए काजल' म्युजिक भिडियोमा अभिनय गरे पछी एकाएक चर्चामा आएकी थिइन् गीताको टिकटकमा फलोअर्स ६ लाख माथि छन् टिकटक बाट जन्मेकी उनी पनि अहिलेकी सफल कलाकार/ मोडेल हुन्  

११: मन्जिल बस्नेत :

टिकटक बाटै आएका कलाकार हुन मन्जिल बस्नेत । उनले पनि नायिका आँचल शर्मा सँग म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका थिए 'घाममा सुकाइदेऊ ‘ बोलको गीतमा काम गरेका मन्जिल पनि अहिले कुन दुलोमा छन् थाहा छैनगीत त हिट भयो तर कुनै पनि म्युजिक भिडियो निर्देशक -निर्माताले दोश्रो पटक राख्ने आट नै गरेनन् सोचे होलान् कति छन् कति टिकटक कलाकार यसैले पनि उनको पालो न आएको हुनु पर्छ एक समय खहरे खोला जसरी आएका उनी एक दुइटा म्युजिक भिडियोमा काम गरे तिर्सना मेटे  गए